जापानिज इन्सेफलाइटिस् रोगबारे सचेत होऔँ
जापानीज इन्सेफ्लाइटिस क्युलेक्स लामखुट्टेको टोकाइबाट फैलने भाइरसजन्य रोग हो, जसमा संक्रमित पशुपंक्षी लक्षण देखाउँदैनन्, तर लामखुट्टे मार्फत मानिसलाई सर्न सक्छ।
जापानीज इन्सेफ्लाइटिसका लक्षणहरू: अचानक तीव्र ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी तथा वान्ता हुनु, कम्पन आउने, बेहोस हुने, मानसिक अवस्थामा परिवर्तन आउने, पक्षघात हुने, मष्तिस्कमा असर परेर मृत्यु हुन सक्ने ।
यो रोगबाट बच्न:
- झुलभित्र सुत्नुहोस्; बाहिर पूरा बाहुला कपडा लगाउनुहोस्।
- बालबालिकालाई JE खोप १ वर्षमा अनिवार्य, छुटेमा ५ वर्षभित्र।
- पानी जम्न नदिनुहोस्, खुल्ला ढल बन्द गर्नुहोस्।
- पशुपंक्षी घरबाट टाढा राख्नुहोस्।
- लामखुट्टे भगाउने मल्हम/धुप प्रयोग गर्नुहोस्।