वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा दशमी - २५
प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण, सहयोग एवम् तोकिएबमोजिम प्रदेशको निर्देशन भएअनुसार कार्यन्वयन गर्ने। कार्यक्षेत्रभित्रका जिल्लाहरू तथा स्थानीय स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने खोप, अत्यावश्यक तथा गुणस्तर र संवेदनशील औषधि तथा स्वास्थ्य सामग्रीहरू भण्डारण तथा वितरण योजना (मासिक, त्रैमासिक/चौमासिक, अर्धवार्षिक, वार्षिक) बनाई गरी कार्यान्वयन गर्ने। जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र विपद्/महामारी व्यवस्थापन, सहजीकरण र समन्वय गर्ने। जनस्वास्थ्य अभियान सञ्चालन तथा सहयोग, समन्वय र सहजीकरण गर्ने। स्थानीय सरकार र स्वास्थ्य निकायहरूबीच समन्वय गर्ने। एकीकृत स्वास्थ्य सूचना विश्लेषण र अध्ययन गरी सोअनुसार योजना बनाउने एवम् स्थानीय तहमा सहजीकरण तथा पृष्ठपोषण गर्ने। स्वास्थ्य सेवाको पहुँच, उपयोग वृद्धि गर्न आवश्यक योजना बनाउने, समन्वय तथा सहजीकरण गर्ने। सरकारी, निजी, सहकारीद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरू, कर्मचारीहरूको सुपरीवेक्षण, अनुगमन, नियमन तथा गुणस्तरसम्बन्धी कार्य गर्ने। संस्थागत तथा जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि गर्ने। प्रादेशिक विशेष स्वास्थ्य एवम् नियमित कार्यक्रमहरू (क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, परिवार नियोजन, मातृशिशु स्वास्थ्य, सामाजिक सुरक्षा, बिमा, विशेषज्ञ स्वास्थ्य शिविर लगायत हात्तीपाइले, पोषण, दादुरा खोप, लगायत अन्य विशेष कार्यक्रमहरू) को सञ्चालन, समन्वय र सहजीकरण गर्ने। वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाइ तथा पेशागत स्वास्थ्य प्रवर्द्धन एवम् व्यवस्थापनका कार्य गर्ने। जनसङ्ख्या व्यवस्थापनसम्बन्धी कार्य गर्ने। प्रदेश सरकारबाट तोकिएका कार्यहरू गर्ने। बहुक्षेत्रीय समन्वय, सहजीकरणसम्बन्धी कार्य गर्ने। आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक, व्यवस्थापन) सम्बन्धी कार्य गर्ने।